मलेसियामा निधन भएकी म्यादीकी चन्द्र कुमारीको परिवारलाई आर्थिक सहयोग

everest kitchen

मलेसिया । मलेसियामा निधन भएकी चन्द्रा कुमारिको परिवारलाइ समाजसेवी चक्र मल्लको पहलमा परिवारलाई सहयोग स्वरुप रु.१ लाख २५ हजार ७०३ रुपैयाँ हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखि मलेसियामा काम गर्दै आएकि नेपाल ठेगाना म्याग्दी धौलागिरी गाउँपालिका. ५ कि चन्द्र कुमारी छन्त्यालको मलेसियामा गत सेप्टेम्बरमा निधन भएको थियो ।

मलेसियाको जोहोर राज्यमा पर्ने तेब्राउमा अवस्थित ओएसआई ओपटोइलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दै आएकि चन्द्र कुमारी अच्चानक सिकिस्त बिरामी परेकि थिइन्। स्थानीय अस्पतालमा उपचाररत चन्द्र कुमारीको उपचारकै क्रममा गत सेक्टेमबर २१ तारिखका दिननै दिउसो ३:५० बजेको समयमा मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली कामदार तथा समाजसेवी चक्र मल्लले जानकारी दिए ।

मलेसिया स्थित नेपाली दूतावास र रोजगारदाता कम्पनी लगायतको सहयोगमा मृतक छन्त्यालको पार्थिव शव अन्तिम दाहसंस्कारको लागी गत शुक्रवार ०४/१२/२०२० का दिन बिहानको ०६:०० बजे मलेसियाबाट  नेपाल एयरलाइन्सको उडान मार्फत  नेपाल पठाई सकिएको र परिवारको जिम्मा लगाई सकिएको दुतावासले बताइएको छ।