वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय

everest kitchen

मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन ।

वाईबाले हेटौंडा स्थित कररा चोकमा रहेको इन्द्र सपिङ मार्टको तेस्रो तल्लामा स्काई भ्यु रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन । लामो समय प्रवासी भुमी मलेसियामा रहदा नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पुर्व अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै आएका उनले कर्मथलो लाई विट मार्दै स्वदेश फर्किएको केहि महिना पछि रेस्टुरेन्ट ब्याबसाय सुरु गरेका हुन ।

“पसिना प्रवासमा हैन स्वदेशमै बगाउ” भन्ने हेतुले रेष्टुरेन्ट संचालनमा ल्याएको वाईबाले बताए । उनका अनुसार रेष्टुरेन्ट व्यवसाय रोज्नुको कारण नेपालमा पर्यटनको सम्भावना धेरै रहेको र पर्यटन प्रबर्द्धनका लागि होटल रेष्टुरेन्ट आवश्यक रहेकोले छ ।

स्काई भ्यु रेष्टुरेन्ट नामको उक्त रेष्टुरेन्ट मिति ७०७७/मंसिर/२३ गते हेटौंडा उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष श्री नबिन सिग्देलद्धारा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा नेकपा जिल्ला सदस्य श्री सुनिल मोक्तान तामाङ लगायत विभिन्न राजनैतिक र व्यवसायी ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।