बालुवाटारमा ओली र प्रचण्डबिच भेटबार्ता

everest kitchen

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आज बालुवाटारमा भेटबार्ता भएको छ ।

दुई अध्यक्षबिच करिब १ घण्टा भेटबार्ता भएको तर भेटवार्तामा के कुराकानी भयो भन्ने बारे जानकारी नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । केहि समय यता दुई अध्यक्षबिच प्रतिवेदनको विषय लिएर विवाद चुलिएको छ ।

कार्यकारणी अध्यक्ष प्रचण्डको राजनैतिक प्रतिवेदन तथा प्रस्ताव फिर्ता गर्नु पर्ने अर्का अध्यक्ष ओलीको भनाई छ । यता प्रचण्ड भने आफ्नो प्रतिवेदन कुनै पनि हालतमा फिर्ता नगर्ने र सबै विषयको बारेमा पार्टी बैठकमा नै छलफल हुनु पर्ने अडानमा छन् ।