रुकुम (पश्चिम)को त्रिवेणी ग्राम अस्पतालमा डाक्टरद्धारा नियमित सेवा सुचारु

everest kitchen
advertise
त्रिवेणी ग्राम अस्पताल

विपेन उलङगे ।
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा नियमित डाक्टरी सेवा सुचारु भएको छ । गाउँपालिकाले गाउँपालिका स्तरको अस्पताल सेवा सञ्चालन गर्ने उद्देश्यले हाल एमबीबीएस डाक्टर राखेर सेवा सुरु गरेको हो ।

हाल एमबीबीएस डाक्टर राखेर नियमित अस्पतालले सेवा सुरु गरेको र केहि दिन भित्रै भिडियो एक्सरे, सादा एक्सरे लगायतका सेवाहरु सञ्चालनमा ल्याउन लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिए । हाल मेसिन लगायत आवश्यक सामाग्री खरिद प्रक्रिया सुरु भएको छ, पुनले भने”, भिडियो एक्सरे र पुर्ण ल्याब सहितको सेवा सुरु हुने बित्तिकै इमर्जेन्सी सेवा पनि सुरु हुनेछ ।

अस्पतालमा हाल आवश्यक ल्याब सेवा मध्ये केही सेवा मात्रै सुरु भएको र ल्याब तथा भिडियो एक्सरे लगायतका आवश्यक जाँचका प्रबिधि युक्त सेवाहरु बन्दोबस्त गरिदिन भन्दै गाउँपालिको कार्यालयमा माग गरेको अस्पतालका डाक्टर सन्तोष कुमार महतोले बताए । उनका अनुसार अहिले दैनिक करिब २ दर्जन बिरामीहरु अस्पतालमा आउने गरेको र उनीहरूमध्ये धेरैको ल्याब परिक्षण बिना उपचार गर्न असहज भएको छ ।

अस्पतालमा हाल बायो केमिस्ट्री एनालाईजर, सीबीसी कुल्टर लगायतका ल्याब परिक्षण सम्बन्धिका मेसिन रहेको अस्पतालका ल्याब टेक्निसियन भरत बिक्रम बुढाथोकीले जानकारी दिए । आवश्यक थप केही मेसिन, किट, केमिकल उपलब्ध भए नियमित ल्याब परिक्षण सेवा रहने बुढाथोकीले बताए ।

अस्पतालको लागि गाउँपालिकाले एक डाक्टर करारमा नियुक्ति गरेको छ । त्यस्तै दुई हेल्थ असिस्टेन्ट स्थायी र दुई अनमी स्थायी खटाएको छ भने एक ल्याब टेक्निसियन, एक ल्याब असिस्टेन्ट, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीलाई करारमा नियुक्ति गरेको छ ।

आज भन्दा करिब ढेड बर्ष पहिले उक्त अस्पताल रहेको भवनलाई नेपाली सेनाको “श्री देवी दल गणले निर्माण गरि उत्तर पश्चिम पृतना हेट क्वाटरका पृतनापति उपरथी कर्मेन्द बिक्रम लिम्बुले गाउँकार्यपालिका प्रमुख झक्कु प्रसाद घिर्ती समक्ष भवन हस्तान्तरण गरेका थिए । नेपाली सेनाकाे कल्याणकारी काेष अन्तर्गतकाे ११ लाखकाे लागत र बांकी सेनाकाे देबिदल गणकाे श्रमदानमा पाँच सैय्याकाे स्वास्थ चाैकी भवन निर्माण भएकाे सेवाले बताएको थियोे ।

उक्त भवन निर्माणकाे लागि स्थानीय धनसरि अाेलि खडका र कमला सुनारले जग्गादान गरेका थिए । हाल उक्त भवन संगै करिब ४० लाखबढी लागतमा छ कोठे एक आईसोलेसन भवन पनि निर्माण गरिएको छ । उक्त भवन भने गाउँपालिकामा हस्तान्तरण हुन बाँकी रहेको छ ।