जगदीश नाथको नेतृत्वमा साउदीमा सुदूरपश्चिमेली नेपाली समाजको गठन

everest kitchen

कैलाली। सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ ।

‘सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली’भने मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै साउदी अरेबियामा समाज बिस्तार गरेको हो ।

भर्चुअलको माध्यमबाट भएको छलफलमा सुदूरपस्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय) समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका प्रचारप्रसार प्रमुख एवं द एसिया संयोजक दिनेश खड्का ‘खप्तडी’ सुदूरपस्चिमेली नेपाली समाज बहराइनका अध्यक्ष इन्द्र बहादुर बिष्टको विशेष सहभागितामा उक्त तदर्थ समिति गठन भएको हो।

आ-आफ्नो जीवन स्तर र उज्ज्वल भविष्यको सपना बोक्दै र केहि आफ्नो जिवनमा परिवर्तन गर्नका लागि वैदेशिक रोजगार, शिक्षा,तथा व्यवसायी लगायत विभिन्न सिलसिलामा साउदी अरेबियामा बसोबास गर्दै आएका सुदूर पश्चिमेली नेपाली हरुको सामुहिक छलफल सँग सुदूरपश्चिमेली नेपाली समाजको छाता संगठनको रुपमा राष्ट्रिय तदर्थ समिति गठन गरिएको महासचिव केशव सिंहले बताए ।

बिगत लामो समय देखि साउदी अरबमा रोजगारको सिलसिलामा कार्यरत खेमराज भट्ट, चक्र मल्ल ,पदम महता,जगदीश नाथ लगायतको समाज गठन गर्न महत्वपुर्ण भुमिका रहेको थियो ।

सामाजिक कार्यमा निरन्तर रुपमा सक्रिय रहँदै आएका खेमराज भट्ट उनको वास्तविक जिवन पिडादायी नै छ । समाजसेवा भन्ने वितिकै हृदय देखि हार्दिकता साथ अघि बढ्दै आएका छन् । यस्तै लामो समय देखि बैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियामा कार्यरत चक्र मल्ल एक समाजसेवि हुन उनले यो समाजको स्थापना गर्न विशेष भुमिका निर्वाह गरेका थिए । सुदूरपश्चिमेली नेपाली हरुलाई एक्ता बनाउदै समाजको स्थापना गर्न अहोरात्र सम्म टिएका थिए ।

यस्तै विभिन्न संघ-संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सहयोग गर्दै आएका पदम महताको पनि त्यति नै भुमिका रहेको थियो । लामो समयको छलफल पछि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको सयोजकत्वमा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको महासचिव सिंहले बताए ।

जस्मा महासचिव केशव सिंह,सचिवमा राजेन्द्र पन्त,सह-सचिव अर्जुन सिंह माल,आर्थिक विभाग प्रमुखमा राम बहादुर रोकाया,आर्थिक विभाग सह-प्रमुखमा, राम बहादुर बिष्ट,सदस्यहरु , दिपक बोगटी,पदम राज भट्ट,दिपक बहादुर सिंह, बिष्णु तमोली, टेक बहादुर बोगटी , रबिन राई ,जगदीश राम लुहार, हिक्मत ब. बोहरा,चेत राज भट्ट ,बिर बहादुर सार्की,रोहित पाली,जित ब.महरा दिपेन्द्र शाह , बसन्त बम,धनबहादुर नाथ,हरि ओझा,बाबु रिजाल, राम सिंह धामी, जनक राम लुहार गणेश रोकाय ,दिपक साउद , हुकुम क्षेत्री,लक्षमण नाथ, बलराम घिमिरे , पदम बोगटी , जनक गिरी , चक्र मल्ल,करन ओड,प्रेम गिरी, बसन्त भट्ट, भरत कुँवर, मदन राज सार्की, भुवन पार्की, सुरेश लुहार, मिलन लुहार, हुकुम क्षेत्री,प्रदीप नाथ, केशव सिंह धामी रहेका छन ।

यस्तै छ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जस्मा प्रमुख सल्लाहकारमा खेमराज भट्ट,वरिष्ठ सल्लाहकारमा पदम महता,सल्लाहकार हरु चक्र मल्ल,गोपाल बोहरा,गोबिन्द सिंह बोहरा, बिष्णु बिष्ट रहेका छन ।

हाम्रो कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा जन्मभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै समाजको स्थापना गरिएको प्रमुख सल्लाहकार खेमराज भट्टले बताए ।स्वदेश तथा साउदी अरेबियामा रहेका नेपाली हरुको दुःख कष्ट भोगिरहेका सुदुरपस्चिमेली नेपालीहरुको शीतल छहारी बन्न सफल हुने संयोजक जगदीश नाथले बताए ।

सुदूरपश्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय) समितिले साउदी अरेबियामा समाज स्थापना भएको खुशि ब्यक्त गर्दै सम्पूर्णलाई बधाई सँगै समाज स्थापना गर्न सहयोग गर्नुहुने सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेको केन्द्रिय प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।