राज्य व्यवस्थाको निर्देशनलाई बेवास्ता गर्दै विश्वराज पोखरेललाई एआईजीमा बढुवा

everest kitchen

काठमाडौँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनलाई बेवास्ता गर्दै नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकदे गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारले सो दिर्नेशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।