महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

everest kitchen

 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब बढाएको छ । साथै महिला र पुरुष दुबै खेलाडीलाई समान तलब दिने समेत निर्णय गरेको छ।

हिजो बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार पु¥याउने निर्णय गरेको हो ।यसअघि पुरुष फुटबलरको तलब लामो समयसम्म बढेको थिएन। पुरुष फुटबलर मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए भने महिला खेलाडीले भने मासिक ७ हजार मात्र पाउने गर्थे।

विभिन्न देशहरुले महिला खेलाडीको तलब पुरुष सरह बनाएपछि नेपालमा पनि समान तलब हुनु पर्ने विषयमा महिला खेलाडीले आवाज उठाउँदै आएका थिए।