त्रिवेणीमा सरसफाइ परिचयपत्र लागु : सरकारी सेवा लिन अनिवार्य सरसफाइ परिचयपत्र

everest kitchen
advertise

विपेन उलङगे

रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य सरसफाइ परिचयपत्र वितरण थालेको छ । शुक्रबार बसेको गाउँपालिकाको “खानेपानी, सरसफाइ तथा शुद्धता समन्वय समितिको बैठकले गाउँपालिका भित्र प्रत्येक घरधुरीलाई अनिवार्य सरसफाइ परिचयपत्र लागु गरेको घोषणा गरेको हो ।

“पुर्ण सरसफाइ युक्त गाउँपालिका” कार्यनिर्देशिका लागु गर्ने हेतुले गाउँपालिकाले सरसफाइ परिचयपत्र अनिवार्य वितरण थालेको अध्यक्ष झक्कु प्रसाद घर्तीले जानकारी दिए । हरेक घरधुरीमा सरसफाइ परिचयपत्र वितरण गर्नेछौ, “अध्यक्ष घर्तीले भने”, त्यसपछि सबैलाई सरसफाइ मापदण्ड पुरा गर्न लगाउने गरि परिचयपत्रमा उल्लेख गरेर एक निश्चित समय सीमा भित्र मापदण्ड पुरा गर्ने प्रतिबद्धता गर्न लगाउने र समय सीमा भित्र मापदण्ड पुरा नगरे गाउँपालिकाबाट गरिने सरकारी कामकाज रोक्का गरिनेछ ।

गाउँपालिकाले अनिवार्य सरसफाइ परिचयपत्र लागु गर्ने भएपछि विभिन्न सरसफाइ सुचकहरु पुरा गर्नुपर्ने मापदण्ड तोकेको छ । जस अनुसार सफा वाटरसिल चर्पी, साबुनपानी सहितको हात धुने संरचना भएको र विभिन्न चरणमा हात धुने अभ्यास भएको, पानी शुद्धीकरणको बिधि प्रयोग गरि सुरक्षित पानी प्रयोग गरेको, खानाको उचित भण्डारण र स्वास्थ खाना प्रयोग भएको, धुवाँरहित भान्सा, जुठ्यान, भाडा सुकाउने व्यवस्थापन भएको र घर आँगन, खोर गोठ वरिपरि सफा भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकाले २०७७ सालको अन्तेसम्म “पुर्ण सरसफाइ युक्त गाउँपालिका” घोषणा गर्ने कार्ययोजनासहित कार्यनिर्देशिकामा यसअघिनै उल्लेख गरेको थियोे । सोही अनुरुप गाउँपालिकाले सरसफाइका विभिन्न कार्यक्रम लागु गरेको र उक्त कार्यक्रमहरुका लागि “रेडक्रस त्रिवेणी शाखाले पनि सहयोग गर्दै आएको र गरिरहेको शाखा प्रमुख सुमन ज्ञवालीले जानकारी दिए । उनका अनुसार शाखाले गाउँपालिकाको समन्वयमा स्वास्थ्य सरसफाइ सम्बन्धि आवश्यक सामाग्री उपलब्ध र कार्यक्रमहरु गर्दै आएको छ ।

स्थानीय तहमा कानुन निर्माण र पहिचान सम्बन्धि एकदिने कार्यशाला तथा गोष्ठी सम्पन्न

त्रिवेणी  गाउँपालिका लागि आवश्यक कानुनहरुको पहिचान र स्थानीय तहमा कानुन निर्माण प्रक्रियाका बारेमा सरोकारवालाहरुसँगको एक दिने कार्यशाला तथा गोष्ठी शुक्रबार सम्पन्न भएको छ । ग्रामीण युवा सरोकार केन्द्रको आयोजनामा विभिन्न कानुन व्यवसायी, बुद्धिजीवी र जनप्रतिनिधि बीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हाल गाउँपालिकामा निर्माण भएका ऐनकानुन, निर्देशिका, नियमावली, कार्यबिधिका बिषयमा छलफल भएको थियो । हाल निर्माण भएका कानुनहरुको कसरी पालना गर्ने गराउने र नयाँ कानुन कसरी निर्माण गर्ने लगायतका विषयमा छलफल भएको गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट “खड्का”ले बताईन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, उपाध्यक्ष निर्मला बिष्ट “खड्का” अधिवक्ता गणेश हमाल लगायत विभिन्न सरोकारवाला निकायका व्यक्ति तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।