कुवेतमा अलपत्र परेका दुई नेपाली युवा र कुवेती जेलमा रहेकी एक नेपाली युवतीको उद्धार

everest kitchen
फोटो : दिल कुमार पाख्रिन

काठमाडौं । करिब ११ महिनासम्म तलव नपाएर विचल्लित अवस्थामा रहेका काभ्रेका सुरेश लामा र दावा लामालाइ गैरआवसिय नेपाली संघ केन्द्रको सहयोगमा एनआरएन कुवेतले शुक्रबार स्वदेश फर्काएको छ । दुबैजनाको पिसिआर परिक्षण, नेपाल सम्मको हवाइ टिकट र काठमाडौदेखि घर सम्मको खर्चको ब्यबस्था गरि सुरेश र दावालाई घर फर्काइएको हो ।

त्यस्तै घरेलु कामदारको रुपमा कुवेतमा गएकी कुवेती मालिकद्वारा तोके बमोजिम तलव सुविधा नदिए पछि भागेर अवैधानिक भएकी मधु केसीलाई पनि हवाइ टिकट र घर सम्मको खर्चको ब्यबस्था गरि उद्दार गरेर नेपाल पठाइएको एनआरएन कुवेतमा दिल कुमार पाख्रिनले फेसबुक मार्फत जानकारी दिए ।

पाख्रिनका अनुसार अप्रीलमा कुवेत सरकारले प्रदान गरेको आममाफिमा नेपाल फर्किन खोज्दा झुठो आरोप सहित मुद्दा परेको कारण अहिलेसम्म कुवेती जेलमा रहेकी मधुको मुद्दा छिनिफानो भएसंगै स्वदेश फर्काइएको हो ।

गैरआवसिय नेपाली संघ कुवेतले गत हप्ता पनि ४ जना त्यस्ता पिडितहरुलाइ उद्दार गरि नेपाल पठाइएको थियो ।