देशभर गएको २४ घण्टामा १५ जनाको निधन, ८९९ संक्रमित थपिए

everest kitchen

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ८९९ जनामा  देखिएको छ ।  स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ८९९ जना नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ६७३ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन्  ।

यस्तै नेपालमा गएको २४ घण्टमा १३५९ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ३४ हजार २३१ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या पनि तुलनात्मक रुपमा बढिरहेको छ ।

हालसम्म नेपालमा १ हजार ६८९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये  गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १५ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।