चार करोडमा वडा कार्यालय भवन

everest kitchen

 

काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो ।

दुुई वर्षको समयमा निर्माण भएको भवन २५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको र चार तले छ । भूमिगत तलामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन वास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ । भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि विश्रामस्थल, जनप्रतिनिधिको कक्षलाई समेत व्यवस्थित गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटाले भवनमा वास्तुपूजा गरी गृह प्रवेश गरे । भाडामा बसेको कार्यालय सानो र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको बताउँदै वडाध्यक्ष सापकोटाले केही दिनभित्र नयाँ भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिए ।