नेकपा स्थायी समिति बैठक जारी, बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए ।