देशभर ८३० जनामा कोरोना पुष्टि

everest kitchen

 

काठमाडौं । पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।