मलेसियाको “टप ग्लोभ” कम्पनीमा कार्यरत एक नेपालीको निधन

everest kitchen

मलेसिया । मलेसियाको ठुलो ग्लोप उत्पादन गर्ने टप ग्लोभ कम्पनीको मेरु शाखामा सुरक्षागार्डको रुपमा काम गर्दै आएका एक नेपालीको निधन भएको छ । नवलपरासि घर भएका याम नारायण चौधरीको शनिबार बिहान निधन भएको हो ।

मृतक याम नारायण टप ग्लोभको १३ नम्बर फ्याक्ट्रीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । संगै काम गर्ने साथीहरूका अनुसार केहि समय देखि चौधरीलाई साधारण रुघाखोकी लागिरहेको जस्तो भएको र तातोपानी लसुन बेसार पानी खादै आइरहेका थिए । गत नोभेम्बर २१ तारीख श्वासप्रश्वासमा समस्या देखिन थालेपछि कोठा बाट होस्टल मा रहेको गार्ड पोस्ट सम्म पुगेका चौधरी बेहोस भइ ढलेपछि कम्पनिले उपचारको लागि एम्बुलेन्स बोलाएर क्लाङ हस्पिटल लगेको थियो।

चौधरीको शनिबार बिहान उपचारका क्रममा निधन भएको सोहि कम्पनिमा काम गर्दै आएका एक नेपालि ले जानकारि दिए। पछिल्लो केहि समय एता उक्त कम्पनीमा ठुलो सङ्ख्यामा कामदारहरु कोभिड सङ्क्रमण देखिएको छ ।