मधेसी पत्रकार समाज बाराको पुनर्गठन, अध्यक्षमा पाण्डे चयन

everest kitchen

कलैया । मधेसी पत्रकार समाज बाराको पुनर्गठन भएको छ । पत्रकार अनिल कुमार वर्माको संयोजकत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिमा सर्बसहमतिले अध्यक्ष पदमा अमरेश कुमार पाण्डे, कार्यकारी उपाध्यक्षमा सन्ध्या धीताल, उपाध्यक्ष सरोज पटेल, कोषाध्यक्ष अभय दुबे, सचिव मानिकचन साह, सह सचिव उपेन्द्र कु पासवान, सदस्यहरु: महमद अन्सारी, शैलेश तिवारी, समी अख्तर, आशा गुप्ता, अन्चली तिवारी, दिंबंधु कुमार साह (शम्भु कुमार साह), श्याम साह, संजु राम मोची र सलाहकारमा मुना प्रसाद साह र अनिल कुमार वर्मा रहेका छन् ।

कार्यक्रमको अवसरमा बोल्दै मधेशी पत्रकार समाज नेपालको प्रदेश २ का उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मनोज कुमार मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रमा संचारको भूमिका अत्यन्त आवस्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरा लाइ समाजको सामु जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रति बद्धता जनाएका छन्। हालको अवस्थामा हाम्रा समाजमा भए गरेका समस्या लाइ बिभिन्न दलगत भावनाले ग्रसित भएको कुरा लाइ औल्याउदै त्यस्ता गतिविधि बाट माथि उठेर मधेशी पत्रकार समाज नेपालको बिस्तार गर्नुपर्ने मिश्र बताए ।

बिगतको समस्या लाइ औल्याउदै विद्यामन अवस्थामा पत्रकारिताको भूमिका बिशेश रहेकोले न्यून रहेको भुमिका बारेमा विशेष ध्यानाकर्षण गरि अगाडी बढ्ने अध्यक्ष पाण्डेले बताए । अध्यक्ष पाण्डेले आउने दिनमा बाराका कुनै पत्रकार माथि कुनै प्रकारको समस्या परेको खण्डमा आफुहरु पनि त्यसको लागि जुन सुकै कदम चाल्न पछी नहट्ने बताएका छन् ।