कोकाकोला भनेर विषादी खादा मलेसियामा निधन भएका मदनको मलेसियामामै अन्तिम संस्कार

everest kitchen

मलेसिया। मलेसियामा निधन भएका सिराहा कर्जन्हाका मदन पार्खीनको जनउद्वार केन्द्र मलेसियाले हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम संस्कारसहित दाहासंस्कार गरेको छ ।

पार्खीनको गएको डिसेम्बर ५ मा मलेसियाको पेनाङ राज्य स्थित जनरल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । कोकाकोला पेयपदार्थ भनेर ‘झार मार्ने औषधि’ सेवन गरेपछि बिरामी परेका उनलाई जनउद्वार केन्द्रको पहलमा अस्पताल भर्ना गरिएको थियो ।

केन्द्रका अध्यक्ष केशु थापाका अनुसार पार्खीन अबैधानिक भएको कारण अस्पतालमा भर्ना गर्नसमेत अप्ठ्यारो परेको थियोे । आवश्यक प्रक्रिया पुरा गरेपछि अस्पताल भर्ना गर्न सकिएको हो । यधपी उनको उपचारको क्रममा गत डिसेम्बर ५ मा निधन भएको थापाले बताए ।

मृतकको शव नेपाल पठाउन परिवारसँग सम्पर्क गर्दा परिवारबाट मलेसियामा नै अन्तिम दाहासंस्कार गरिदिन अनुरोध गरेपछि हामिले आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा गरि अन्तिम संस्कार गरि दिएको उपाध्यक्ष कमल खड्काले बताए । उनको अन्तिम दाहसंस्कार आइतबार गरिएको हो।

मृतकको परिवारले अस्पताल लाग्ने खर्च पठाएको थियो । उक्त रकम जस्ताको तस्तै मृतक’की श्रीमती लक्ष्मी लामाको नाममा पठाएको सचिव शंकर देव आर्चायले बताए ।मृतकको साथमा रहेको मलेसियन आर एम ४४० पनि आमा हिरामाया पाख्रीनको नाममा पठाएको सचिव आर्चायले बताए।

त्यस्तै मृतक मदनको परिवारको आर्थिक अवस्था निकै नाजुक भएको कारण अस्पताल भर्ना देखि दाहासंस्कार गर्दासम्म लागेको सम्पुर्ण खर्च जनउद्धार केन्द्रले व्यहोरेको केन्द्रका सल्लाहकार दिनेश खड्का’खप्तडी’ले जानकारी दिए।