स्थायी समिति बैठक अघि ओली प्रचण्ड भेटवार्ता

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ । बुधबार दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठकअघि ओली प्रचण्डबीच भेट भएको हो ।

मंगलबार सरकारले ल्याएको अध्यादेशका कारण विकसित घटनाक्रमका बीच दुुई अध्यक्षबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनीहरुबीच केहीबेरअघि मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा वान टु वान वार्ता (एकन्तवास) भएको हो ।

नेकपाका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुुई अध्यक्षबीच छलफल भएको बताए ।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि प्रचण्डसहितका नेताहरु रुष्ट बनेका छन् । बुधबार बिहान ओलीका विश्वासपात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि प्रचण्ड भेट्न खुमलटार पुुगेका थिए ।

उनी खुमलटार गएपछि प्रचण्डले ओलीलाई भेटेका हुन् ।आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।