संसद अधिवेशन माग गर्दै नेकपाका सांसद पुगे शीतलनिवास

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुुगेका छन् । उनीहरु संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुुगेका हुन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका छन् । मंगलबार जारी भएको अध्यादेशका कारण सत्तारुढ नेकपाभित्र आन्तरिक अन्तसंघर्ष चलिरहेको छ । यसैबीच केहीबेर अघिमात्र अध्यक्षद्वय ओली प्रचण्डबीच छलफल भएको थियो ।

छलफलमा प्रचण्डले ओलीलाई बैठकमै सबै छलफल हुने भन्दै पार्टीले कारबाही गर्ने बताएका थिए । नेकपाका नेताहरू भीम रावल, पम्फा भुसाललगायत अहिले शीतलनिवास पुुगेका हुन् । स्रोतका अनुसार उनीहरुले सरकारले ल्याएको अध्यादेश तत्काल जारी गरेको सन्दर्भमा पनि राष्ट्रपतिसँग आफ्नो चासो व्यक्त गरेका छन्