हालसम्म नेपालभर २ लाख ५० हजारबढीमा कोभिड संक्रमण

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४३ पुगेको छ।