बिहीबार साँझ मन्त्रिपरिषद बैठक बोलाइयो

everest kitchen

 

काठमाडौं । बिहीबार साँझका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेका छन् ।

यसलाई नियमित मन्त्रिपरिषदको बैठक भनिएको छ । हरेक हप्ताको दुई दिन (सोमवार र बिहीवार) मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । स्रोतका अनुसार आजको बैठकमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको निर्णय हुनेछ ।

यसअघि मङ्गलवार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।