थोरै धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा तीन जना पक्राउ

everest kitchen

 

काठमाडौं । थोरै सुन धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी विकास बैंक, सातदोबाटो शाखाबाट ऋण लिएका व्यक्तिहरु छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम धितोमा ७ करोड ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । थप व्यक्तिहरुलाई पक्राउ गर्न बाँकी रहेकाले तीन जनाको नाम सार्वजनिक गरिएको छैन ।

स्रोतका अनुसार उनीहरुले बैंकका कर्मचारी, सुन जाँचकी लगायतसँगको सेटिङमा ऋण लिएका थिए । थप अनुसन्धान जारी छ ।