मृगौला पीडित भीमकुमारीलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाको सहयोग

everest kitchen
फोटो : नयाँ अनलाइन

काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो ।

भिमकुमारीको दुबै मृगौला फेल भई गत वर्षदेखि विराटनगर नर्सिङ होममा निरन्तर रुपमा उपचार भइहेको छ । निजको घरको आर्थिक अवस्था दयनीय भएको बुझेर सहयोग गरेको मञ्चले जनाएको छ । मञ्चले रकम जम्मा गरेर निवर्तमान अध्यक्ष प्रेम सुब्बा खापुङद्धारा हस्तान्तरण गरेको हो ।

तेह्रथुम सम्पर्क मञ्च मलेसियाको कोषबाट आरएम ४०० र बाँकी विभिन्न सहयोगी व्यक्तिहरुको सहयोगमा उक्त रकम जम्मा गरिएको मञ्चले जनाएको छ ।