लघुकथा : “ए ग्रेडमा पास”
छविलाल खड्का
सुवासलाई आज रमाइलाे गर्ने मुड चल्याे । मम्मीसंग पैसा माग्याे । मम्मीले पच्चीस सय रुपैया दिंदै भन्नुभयाे – “जथाभावी खर्च नगर्नु नि बाबू ।”
“ल ल ।” सुवास ।
तुरुन्त रन्जनलाई फाेन गर्याे । रन्जन र सुवास सङ्गै पढ्थेे तर एस.ई.ई.मा फेल भएपछि रन्जनले पढ्न छाड्याे भने सुवास बुवा- आमाका खातिर पढाइ जारी राख्याे । दुवै जना ठीक दुई बजे “टिकटक रेष्टुरेन्ट एण्ड वार” मा भेट्ने सल्लाह भयाे । दुई बज्न दस मिनेट अघि सुवास रेष्टुरेन्टमा पुग्याे तर रन्जन आई पुगेकाे थिएन । पुन: फाेन गर्याे ।
“हेलाे ।” रन्जन ।
“ए वे, बाेका किना ढिला ?” सुवास ।
पाँच मिनेटभित्र रन्जन पनि आई पुग्याे । दुवैले अंकमाल गरे । रेष्टुरेन्ट ग्राहकले खचाखच नै थियाे । साइडमा एउटा टेबुल खालि देखे त्यहीं गएर बसे । खाजा अर्डर गरे । टेबुलमा ग्लास, स्न्याक्स र बियर आयाे । दुवै खुसीसाथ बियर पिउन थाले ।
रन्जन – “यार तँ त एस. ई. ई. पास भइस् । आफूले त पढ्नै छाेडियाे ।”
सुवास – “ए वे, ए ग्रेडमा पास भन्न । साला नेपालीमा बि ग्रेड आयाे अरु त पुराका पूरा सब्जेक्टमा ए ग्रेड ल्या छु वे ।”
रन्जन – “इक्जाम कतिकाे टाइट थियाे ?”
सुवास – “कुरै नगर न वे । मेरै रुमबाट पाँच जना त रेष्ट्रिकेट भए ।”
पल्लाे टेबुलमा बसेर खाई रहेकाले उनीहरुका गफ सुनिरहेका थिए । एक जनाले साेध्याे – “भाइले एस.ई.ई. कुन सालमा दिएकाे हाे ?”
सुवासकाे मुखबाट फ्याट्ट फुत्कियाे – “त्याे काेराेना सालमा, अंकल ।”
त्याे टेबुलका दुवै जना मज्जाले हाँस्दै भने – “हाे हाे । काेराेना सालमा त एस.ई.ई. इक्जाम ज्यादै कडा थियाे । त्यस्ताे कडा इक्जाममा पनि ए ग्रेड ल्याउने काेही आफन्त टिचर हुनु हुन्थ्याे कि !”
“मामा हेड सर हुनुहुन्छ ।” सुवास ।
सबै मुख हेराहेर गरेर हाँसे ।
काेहलपुर