प्रचण्ड र माधव नेपाल निकट ७ जना मन्त्रीहरुद्वारा राजिनामा

everest kitchen

प्रधानमन्त्री केपी ओलीले सांसद बिघटन गरेपछि उनको कदमको बिरोध गर्ने प्रचण्ड र माधव नेपाल निकट ७ जना मन्त्रीहरुले राजिनामा दिएका छन् ।
सामुहिक रुपमा प्रेस वक्तव्य जारी गर्दै ७ जना मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
राजिनामा दिने मन्त्रीहरुमा ।
१. गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
२. बर्षमान पुन, उर्जा जलश्रोत तथा सिंचाई मन्त्री
३. घनश्याम भसाल, कृषि तथा पशुपंछी विकास मन्त्री
४. योगेशकूमार भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
५. शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्री
६. रामेश्वर राय यादव, श्रम तथा रोजगार मन्त्री
७. बिना मगर, खानेपानी तथा सरसफाई मन्त्री