पूर्वमन्त्री भट्टराईद्धारा संसद बिघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त

everest kitchen

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसद बिघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त गरेका छन ।

सोमबार मन्त्रालयलमा आयोजित विदाइ कार्यक्रममा भट्टराईले देशका संवैधानिक अंगहरु स्वतन्त्र भए संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन । उनले लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण राजीनामा दिएको बताए । संसद विघटनको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सफल नभएको भट्टराईले बताए ।

भट्टराईले निर्णयकर्ताहरुले यस बिषयमा ठण्डा दिमाखले सोच्नुपर्ने तर्क गरे । कार्यक्रममा भट्टराईले आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जानकारी गराएका थिए । आफु मन्त्रालयमा नभएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको बिकासका लागि सदैव आफ्नो साथ रहने उनले बताए ।