सोमबार देशभर ७४२ मा कोभिड-१९ संक्रमण

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना पुष्टि भएको हो।

देशभर हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९५ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनामा पिसिआर परीक्षण गरिएको छ।