आज मलेसियामा नया बिरामि २०१८ जना भेटिए, निकाे हुने १०८४ मात्र

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४३८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०१८ जना रहेकाे छ ।

मलेसियामा हालसम्म ९५ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १०८४ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ७८ हजार ३९३ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १६ हजार ४९६ जनामा सक्रिय संक्रमण रहेको छ ।