साथीहरुको पैसा सापट लिएर हिक्मत बेपत्ता

everest kitchen

मलेसिया स्थित सेरी कोलेक सेक्युरिटि कम्पनी साह आलममा सेक्युरिटि गार्डको काम गर्ने मोरङ घर भएका हिक्मत बहादुर पोख्रेल साथीहरुको ४० हजार रिंगेट बराबर रकम सापट लिएर बेपत्ता भएका छन् ।
गत साल आफ्नै साथीलाई बियरको बोतलले प्रहार गरि घाइते बनाई घर भागेका हिक्मतलाई कम्पनीलाई अनुरोध गरि केस मिलाएर नेपालबाट फर्किएर काम गर्न थालेका थिए ।
उनले मलेसियामा अन्य ठाउँमा पनि अरुलाई फसाउन सक्ने भन्दै पीडितहरुले सबैलाई सजग रहन अनुरोध गर्दै उनलाई कानुनी कारवाहिको लागि कम्पनीले प्रहरीमा निवेदन दिने पीडितहरुले बताए ।
उनले पीडित बनाएकाहरुमा गंगा मगर ५ हजार, हेम वनेम लिम्बु ६ हजार, दीपराज धिमाल ३ हजार, रामचन्द्र पाठक २ हजार, सोम बहादुर ४ हजार, बिनोद, १ हजार, सुशिल तामाङ ४ हजार र पाकिस्तानि नागरिकबाट १५ हजार बिभिन्न बहाना बनाएर सापट लिएका थिए ।