ओली गुटको केन्द्रीय कमिटी बैठकमा थापा र रायमाझी पनि सहभागी

everest kitchen

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली समुहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् ।

ओली गुटको बैठकमा पूर्व माओवादीका मणी थापा र टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् । प्रचण्डको साथ छोड्दै बालुवाटारमा जारी ओली गुटको बैठकमा ड्यासमा राखिएका नेता रायमाझीले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीविरूद्ध प्रधानमन्त्री हुने लालचमा अविश्वास प्रस्ताव लगेर प्रचण्डले अनैतिक काम गरेको बताए ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् ।