ओलीद्धारा ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति घोषणा

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

ओली गुटको बैठकमा पूर्व माओवादीका मणी थापा र टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् । प्रचण्डको साथ छोड्दै बालुवाटारमा जारी ओली गुटको बैठकमा ड्यासमा राखिएका नेता रायमाझीले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीविरूद्ध प्रधानमन्त्री हुने लालचमा अविश्वास प्रस्ताव लगेर प्रचण्डले अनैतिक काम गरेको बताए ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् ।