ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्रै : नेपाल

everest kitchen

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताएका छन ।

प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा गरेका हुन । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’

‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुबै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’ उनले भने । ओलीले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई पटकपटक अपमान गरेको तर त्यसलाई सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै प्रचण्डको प्रशंसा समेत गरे ।

त्यस्तै, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बनेकै दिनदेखि केपी ओली तानाशाह बन्न खोजेको बताएका छन् । बबरमहलमा जारी नेकपाको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।