मुख्यमन्त्री राईको सरकार अल्पमतमा

everest kitchen

काठमाडौं । प्रदेश १ मा संसदीय दलको नेता तथा सरकारको मुख्यमन्त्री ओली समूहका शेरधन राई अल्पमतमा परेका छन् । ९३ जना सांसद सहभागी प्रदेश १ सभामा नेकपाको तर्फबाट ६७ जना सांसदमध्ये प्रचण्ड–माधव समुहका ४७ जना छन् भने ओली समूहका २० जना सांसद मात्र रहेका छन् ।

सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, उद्योग, वन, वतारण तथा पर्यटनमन्त्री जगदिश कुसैत अनि भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ओली समूहमा छन् भने समाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र आर्थिक मामिला योजनामन्त्री ईन्द्र आङबो प्रचण्ड–नेपाल समूहमा छन् ।

यस्तै सभामुख प्रदिपकुमार भण्डारी नेपाल समूहका हुन भने उपसभामुख सरस्वती पोखरेल प्रचण्ड समूहका हुन् ।