प्रतिनिधि सभा विघटनसम्बन्धी सबै १० मुद्दा संवैधानिक इजलासमा

everest kitchen

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र वलीले जानकारी दिए।

संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन्।