भ्रष्टाचार : रुद्र थापा

everest kitchen

लघुकथा: भ्रष्टाचार

रुद्र थापा

रमेश भन्सारको सामान्य कर्मचारी थिए तर पनि उनको आर्थिक स्थिति निकै राम्रो थियो ।शहरमा घर,जग्गा,गाडी सबै थियो । एक्कासि बडेको उनको हैसियत देखेर सबै दङ्ग पर्थे तर कोही केही बोल्दैन थिए।

रमेशको छोरा उमेश स्कुलमा पाँचमा पढ्थ्यो । नेपाली बिषयको पढाई हुदा एकदिन सरले अनुशासन पाठ पढाउदा भ्रष्टाचारको विषयमा पनि बताउनु भएको थियो । कक्षा सकिए पछि उसका साथीहरुले यो त भ्रष्टाचारीको छोरा भनेर गिज्याउन थाले । यो सबै सुन्दा उसलाई नरमाइलो लाग्यो ।

घर पुगेर उसले बुबालाई , `बुबा तपाइँ भ्रष्ट्राचारी रे हो ´भनेर सोध्यो । कसले भन्यो तलाई भनेर बुबाले सोद्धा उसले अाक्रोसित हुँदै भन्यो , `अनि किन त मलाई स्कुलमा सबैले भ्रष्टाचारीको छोरा भनेका त ? ´ स्कुलमा मेरो कस्तो बेइज्जत गर्छन् सबैले ! बुबा अबदेखि अबैध धनको पछाडि न भाग्नु है ।´´ छोराको अप्रत्यासित जवाफ सुनेर रमेश निकैबेर अकमक्कमा परे ।