ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४४४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३४८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म ९८ हजार ७३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ७१० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८० हजार १४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १८ हजार १४ जनामा सक्रिय संक्रमण रहेको छ ।