नेपाल फर्किने तयारी गर्दागर्दै रुद्रबहादुरको मलेसियामै मृत्यु

everest kitchen

सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामी नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ ।
मलेसियामा अवैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राजदुतावासको सम्पर्कमा पुगेका थिए । नेपाल राजदुतावासको सम्पर्कमा आएपछि बिभिन्न संघ संस्थाले उनलाई प्राथमिक उपचार गराएका थिए । साथै नेपाल राजदुतावासले उनलाई नेपाल पठाउन आवश्यक कागजात बनाउने क्रममा थियो ।
ब्लडप्रेसर हाई, खुट्टा सुन्निएको लगायतका बिरामि उनि बुधबार बिहान ९ः३० तिर भ¥याङबाट झर्ने क्रममा लडेर टाउको फुटेर घाइते भएका थिए । उनि लडेर घाइते भएपछि एम्बुलेन्स बोलाइएको थियो । तर, एम्बुलेन्स आइन्ज्यालसम्म उनको मृत्यु भईसकेको प्रत्यक्षदर्शीले बताए ।
मलेसियन कानुन अनुसार उनको पोष्ट मार्टम लगायत प्रक्रियाको लागि उनको लास मलेसियन प्रहरीले लगेको छ भने बाकी प्रक्रियाको लागि नेपाल राजदुतावासले पहल गरिरहेको छ ।