पाँचथरमा जनता समाजवादी पार्टीको समायोजन

everest kitchen

पाँचथर । जनता समाजवादी पार्टी, नेपालको पाँचथर जिल्ला समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

तत्कालीन समाजवादी पार्टी, नेपाल र राजपाको समायोजन कार्यक्रममा कमलराज नेम्बाङको नेतृत्वमा रहेको संघीय लिम्बुवान पार्टी, नेपाल (सन्जुहाङ समूह) को सिंगो पान्थर जिल्ला समिति पनि जनता समाजवादी पार्टी, नेपालमा समायोजित भएको छ ।

जिल्ला समायोजन कार्यक्रमबाट अध्यक्ष लक्ष्मण लावती, उपाध्यक्षहरु नरेश चाम्लिङ, भरत राई र हेम केलाङ जवेगु, सचिबः कमलराज नेम्बाङ, सहसचिबहरुः सुर्यकिरण राई, सुबास तुम्बापो “काङसोरे” र लक्ष्मी राई, कोषाध्यक्ष भावना ईङ्वासहित १५९ सदस्यी समिति बनेको छ ।