सल्यानमा जनता आवास अन्तर्गत ५० घर निर्माण गरिने

everest kitchen

 

photo file

श्रीनगर । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो ।

तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण गरिनेछ । अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

घर निर्माणका लागि प्रत्येक परिवारले रु तीन लाख ५० हजार प्राप्त गर्नेछन् । उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ ।सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो ।

घर निर्माणका लागि प्रत्येक परिवारले रु तीन लाख ५० हजार प्राप्त गर्नेछन् । उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ ।