कोरोना विशेष अस्पतालबाट भागे एक संक्रमित

everest kitchen

काठमाडौं । बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन् ।
संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल १३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट भागेको जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आइसियूमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले शनिबार डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिए । आइतबार बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।