प्रधानमन्त्री ओलीको कदमको विरुद्ध लागेका प्रभु शाह मन्त्री पाएपछि सुटुक्क मन्त्री क्वाटरमा

everest kitchen

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन् । आइतबार सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री साहले रकारको पहिलो प्राथमिकता आगामी वैशाखमा निर्वाचन गराउने रहेको बताए ।

त्यसैगरी उनले निर्वाचनलाई निस्पक्ष ढंगले सम्पन्न गराउने सरकारको तयारी भएको बताए । ‘सरकारको पहिलो काम निर्वाचन गराउने हो ।’ उनले भने । मन्त्री साहले सहरी विकास मन्त्रालयको काम विकास योजनाहरु सम्पन्न गर्ने भएकाले तर्जुमा भएका योजनाहरुलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा बिरोध जनाउदै आएका शाह मन्त्री पाएपछि लुसुक्क लागेर ओली पक्षमा लागेका हुन । एक हप्ता अघि फेसबुकमा ” नेपालको संविधानको मुलमर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहदारहदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो । उनले लेखेका थिए ।