मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता

everest kitchen

 

बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । पूर्वमन्त्री इन्द्र आङबोको नेतृत्वमा प्रदेश सभाका ३७ सदस्यहरुको हस्ताक्षर सहित अविस्वासको प्रस्ताव आज दर्ता भएको हो ।

मुख्यमन्त्री राईले हिजोमात्र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गर्नुभएको थियो । नेकपाका विभाजित समुहमध्ये मुख्यमन्त्री राई ओली समुहका हुन भने आङ्बो प्रचण्ड–माधव समुहका हुन । राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीमा भिमप्रसाद आचार्यलाई प्रस्ताव गरेका छन् ।