चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओको टोली काठमाडौं

everest kitchen

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग सोमबार बिहान भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको हो।