अबदेखि श्रम स्वीकृति अनलाइनबाट लिन सकिने

everest kitchen

 

काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो ।

अबदेखि अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले सम्भवत: आगामी मंगलबारदेखि यो प्रणाली कार्यान्वयन गर्ने जनाएको छ ।
योजना सेवा लागु भएसंगै विश्वभरबाट नेपाली नागरिकले श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन ।

विभागका अनुसार पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको छ । श्रम स्वीकृति लिनेले :पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि,राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरको भिसा, रोजगार करारपत्र, जीवन बिमा, कल्याणकारी कोषमा रकम भुक्तानी लगायतका कागजातहरु पेस गर्नुपर्नेछ ।