चिनियाँ कम्युनिष्ट पार्टीको टोलीद्धारा राष्ट्रपति भण्डारीसंग भेटवार्ता

everest kitchen

 

काठमाडौं । आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटघाट गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो ।

राष्ट्रपतिसंगको भेटमा टोलीले समसामयिक राजनीतिक विषयमा छलफल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिसंगको भेटवार्ता पछि बालुवाटार पुगेर प्रधानमन्त्री संग भेटवार्ता गर्ने भनिएपनि समय अभावले भेटवार्ता नहुने बताएको छ ।