संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा आज विरोध प्रदर्शन

everest kitchen

 

काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(सोमबार) दिनभर विरोध प्रदर्शन गर्ने भएको छ ।

काठमाडौंमा दिउँसो १ बजेदेखि विरोध गर्ने बताइएको छ । १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने बताउँदै उपस्थितिका लागि भनिएको छ ।

१० वटा निर्वाचन क्षेत्रमध्ये नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि, कोटेश्वर चोक, जोरपाटी चोक, नारायणचौर नक्साल, महाराजगन्ज, नारायणगोपाल चोक, मनमैजु, लोकतान्त्रिक चोक, बालाजु चोक, बसन्तपुर डबली, कलंकी चोक, कीर्तिपुर बजारमा बिरोध प्रदर्शन गर्न लागिएको हो ।