पठाओको कार्यालयमा तोडफोड

everest kitchen

काठमाडौं । बानेश्वरस्थित पठाओको कार्यालयमा आन्दोलित राइडरहरुको एक समूहले तोडफोड गरेको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएको सो समूहरु सोमबार कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।

कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् । यसैबीच सोमवार कार्यालयमा पुगी ११ बुँदे मागपत्र समेत पेश गरेका छन् ।

पठाओले लगातार राइडरहरुबाट २० प्रतिशत कमिसन लिएर लुट मच्चाएको, अनावश्यक रुपमा कारबाही गरेर ११३० रुपैयाँ असुल गर्दै आएको लगायतका असन्तुष्ट राइडरहरुले जनाएका छन् । एक राइडरका अनुसार बाइक आफ्न‌ै ,तेल आफ्नै, खर्च आफ्नै हुदापनि मनोमानी रुपमा २० प्रतिशत कमिसन लिने गरेको बताए । उनका अनुसार सय रुपैयाँको राइड सेरिङमा २० रुपैयाँ कम्पनीले राख्ने र ४०/५० रुपैयाँको तेल खर्च हुनेहुदा ३० रुपैयाँ बच्ने बताए ।