उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति

everest kitchen

काठमाडौं । उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति भएको छ । उखु किसानका तर्फबाट रामस्वार्थ राय र उद्योग मन्त्रालयको तर्फबाट सहसचिव नारायण रेग्मी बिच ४ बुदे सहमति भएको हो ।

सहमति पत्रमा उखु किसानीहरुको बक्यौदा रकम भुक्तानी नगर्ने उद्योगहरुलाई सम्पत्ति रोक्का गर्ने, नगद रकम कारोबार रोक्का गर्ने र पक्राउ पुर्जी समेत जारी गरिसकिएको बताइएको छ । साथै सहमतिमा किसानीहरुको बक्यौता रकम भुक्तानी २१ दिनभित्रमा उपलब्ध गराउर्ने र भुक्तानी नगर्ने उद्योगहरुलाई थप कानुनी कार्बाही अघि बढाइने समेत उल्लेख गरिएको छ ।

उखु किसानी र उद्योगीहरु बिचको थप समस्याहरुको बारेमा अनुसन्धान गरि १२० दिन भित्रमा सुझाब पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति समेत भएको छ ।