बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

everest kitchen

 

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव परेसँगै शाक्यलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध ४५ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।