विवेकशील साझा पार्टीको पनि प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन

everest kitchen

काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको र यसले गलत नजिर बस्ने उसले बताएको छ ।

कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डे, नेता विराजभक्त श्रेष्ठ लगायत सहभागी थिए । पार्टीले सरकारको गलत कदम बिरुद्ध निरन्तर विरोध गर्ने बताएको छ ।