यमनका प्रधानमन्त्री लक्षित बम विष्फोट, २२ जनाको निधन

everest kitchen

 


ऐजेन्सी । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयानक विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ विष्फोट भएको थियो ।

‘अदन विमानस्थल’मा बुधवार ठूलो बिष्फोट भएको छ । बिष्फोट यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए लगत्तै भएको थियो । त्यस क्रममा ब्यापक फायरिङको पनि आवाज आएको थियो । विमानमा यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइद आफ्नो कैबिनेट टोलीका साथ थिए ।

बिष्फोटमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भएको खबर छ । रिपोर्टका अनुसार, विमानमा सवार कुनै पनि मन्त्रीहरु हताहत भएका छैनन, सबैजना सुरक्षित छन् । विमानमा कतिजना मन्त्रीहरु थिए भन्ने जानकारी भने सार्वजनिक भइसकेको छैन ।

साऊदी मेडियाका अनुसार, प्रधानमन्त्री सहित विमानमा सवार सबै मन्त्रीहरुलाई सुरक्षित राष्ट्रपति भवन पुर्र्याई सकिएको छ । यमनका सूचना मन्त्री मोमार अल इरयानीले हमलाको पछाडी हूथी विद्रोहिहरुको संलग्नता हुनसक्ने आशंका जनाएका छन् ।